Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

स्ट्रबेरीको मुख्य सिजन, ठूला र आकर्षक स्ट्रबेरीको मूल्य बढी

  •   ७ महिना अघि | २४ पुस २०८२, बिहिबार

पुस २४, काठमाडौँ । अहिले स्ट्रबेरीको मुख्य सिजन चलिरहेको छ । कात्तिकको अन्त्यदेखि वैशाखसम्म स्ट्रबेरीको सिजन मानिन्छ । तर स्ट्रबेरी पछिल्लो समय अफसिजनमै पनि राम्रो उत्पादन हुन थालेको छ, जसका कारण बजारमा यसको उपलब्धता र माग दुवै उच्च देखिन्छ।

हाल काठमाडौँका प्राय जसो बजारमा स्ट्रबेरी सहजै पाइन्छ। सडकछेउका नाङ्ला पसलदेखि ठूला सुपरमार्टसम्म यस फलको बिक्री भइरहेको छ। काठमाडौँमा बिक्री हुने स्ट्रबेरीमध्ये करिब ९५ प्रतिशत ककनीबाट आपूर्ति हुने गरेको छ भने बाँकी ५ प्रतिशत काठमाडौं उपत्यकाका अन्य स्थान, काभ्रे, धुलिखेलजस्ता क्षेत्रबाट आउने गर्दछ। पहिले ककनीमै सीमित रहेको स्ट्रबेरी खेती विस्तारै अन्य क्षेत्रतर्फ फैलिँदै गएको छ।

नेपाली स्ट्रबेरी गुणस्तरीय र स्वादिलो मानिन्छ। यसको मूल्य आकारका आधारमा ’, ‘बीसीग्रेडमा वर्गीकरण गरेर निर्धारण गरिन्छ। ठूला र आकर्षक स्ट्रबेरीको मूल्य बढी हुन्छ भने साना वा आकार बिग्रिएका स्ट्रबेरीको मूल्य क्रमशः कम हुँदै जान्छ।

  • न्युज बहार संवाददाता

थप