भदौ १०, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको प्रभाव त्रिशूलीस्थित त्रिभुवन
त्रिशूली माध्यमिक विद्यालयमा पनि परेको छ। बाढीका कारण विद्यालयको भौतिक संरचनामा
ठूलो क्षति पुगेको छ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बुधबार बिहान करिब ९ः१५
बजे आएको बाढीले विद्यालय परिसरमा व्यापक क्षति पुर्याएको हो। बाढीको तीव्र
बहावका कारण विद्यालयका विभिन्न भौतिक संरचना प्रभावित भएका छन्।
तर विद्यालय प्रशासनले समयमै सतर्कता अपनाएकाले ठूलो मानवीय दुर्घटना हुनबाट
जोगिएको प्रधानाध्यापक दवाडीले बताए। उनका अनुसार बाढी विद्यालयभित्र प्रवेश
गर्नुअघि नै त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको
थियो।
विद्यालयको संरचनामा क्षति भए पनि विद्यार्थीहरूलाई समयमै सुरक्षित स्थानमा
सारिएकाले मानवीय क्षति हुन नपाएको उनले जानकारी दिए। बाढीपछि विद्यालय क्षेत्रमा भएको
क्षतिको विवरण संकलन तथा अवस्थाको मूल्यांकन गर्ने काम भइरहेको जनाइएको छ।
- न्युज बहार संवाददाता