१८ माघ, काठमाडौँ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दुई पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग छुट्टाछुट्टै छलफल तथा भेटवार्ता गरेका छन् । बालुवाटार प्रधानमन्त्री निवासमा भएको भेटमा अहिलेको समसामयिक राजनीतिबारे छलफल भएको जानकारी आएको छ । सत्ता साझेदार अर्को पार्टी रास्वपाका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद खारेज भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैं राखेका छन् ।
गृह मन्त्रालय पुनः राष्ट्रिय
स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच
विवाद बढीरहेको देखिन्छ । हिजो पनि रास्वपाका सभापति रवि
लामिछाने र प्रधानमन्त्री बिच यही विषयमा छलफल भएको थियो । रास्वपाले पनि आफूले पुन गृह मन्त्रालय नपाए सरकारबाट
बाहिरिने बताउँदै आएको छ । प्रधानमन्त्री
प्रचण्ड भने अब गृह मन्त्रालय अरू दललाई नदिने पक्षमा छन्।
- bahar@gmail.com