Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पोखरा जाहाज दुर्घटना, फ्लाइट डाटा रेकर्डमा भेटिएको तथ्य सार्वजनिक ।

बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको ।

  •   ३ वर्ष अघि | २३ माघ २०७९, सोमवार

माघ २३, काठमाडौँ । माघ १ गते मागे सङ्क्रान्तिको दिन पोखरामा जाहाज दुर्घटना भएको आज २३ दिन भएको छ । आज यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको को फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको छ ।

आयोगले दिएको जानकारी अनुसार अनुसन्धान गर्दा जाहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको कारणले गर्दा दुर्घटना  भएको बताएको छ ।

एक प्राविधिकका अनुसार माथी बताएको जस्तो अवस्थामा जहाजमा अचानक अत्यधिक घर्षण उत्पन्न हुन्छ, जहाजलाई अगाडि लैजाने सामार्थ्य इन्जिनमा हुँदैन जहाज आकाशबाट सिधै कुनै गह्रौं वस्तु खसे जसरी छिटोछिटो भुइँमा खस्ने गर्छ यसरी नै उक्त जहाज दुर्घटनामा परेको आयोगले जानकारी दिएको छ। यो जहाज दुर्घटनामा जहाजमा सवार ७२ जनाको नै ज्यान गएको थियो ।

आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताए अनुसार उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे आयोगले प्राविधिक र मानवीय दुवै पक्षको थप अनुसन्धान गरिरहेको छ ।  

थप