भदौ ११, काठमाडौँ
। भोटेकोशी नदीमा आएको
बाढीका कारण विद्युत् सेवा प्रभावित बनेका नुवाकोटका विभिन्न स्थानमा नेपाल
विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण प्रणाली प्रयोग गरी बिजुली आपूर्ति पुनः
सञ्चालनमा ल्याएको छ।
प्राधिकरणका
अनुसार बाढीका कारण विद्युत् अवरुद्ध भएका खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायत क्षेत्रमा
सिन्धुपाल्चोकतर्फबाट वैकल्पिक लाइनमार्फत विद्युत् पुर्याइएको हो।
प्राधिकरणका
प्रवक्ता राजन ढकालले चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी
प्रसारण लाइन र ११ केभी लाइनलाई चार्ज गर्ने काम भइरहेको जानकारी दिएका छन्। साथै
बालाजु–त्रिशूली ६६ केभी
लाइनलाई समेत ११ केभी प्रणालीमा चार्ज गर्ने प्रक्रिया अघि बढाइएको छ।
प्राविधिक
काम पूरा भएपछि यी प्रसारण लाइन पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले
जनाएको छ। बाँकी प्रभावित क्षेत्रमा समेत आज साँझसम्म विद्युत् सेवा पुनः सञ्चालन
गर्ने लक्ष्यका साथ प्राविधिक टोलीले काम गरिरहेको बताइएको छ।
- न्युज बहार संवाददाता