भदौ १०,
काठमाडौँ । रसुवाको भोटेकोशी
नदीमा आएको बाढीका कारण नुवाकोट र धादिङमा हालसम्म ७ जनाको शव फेला परेको छ।
बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले बाढी प्रभावित क्षेत्रबाट ७ जनाको शव
फेला परेको जानकारी दिएका छन्।
प्रहरी
प्रमुख रेग्मीका अनुसार नुवाकोटको नदी किनारबाट ३ जना र धादिङबाट ४ जनाको शव फेला
परेको हो। बाढीको बहावसँगै बगेर आएका शव विभिन्न स्थानमा भेटिएको उनले बताए।
उनका
अनुसार अहिले प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिइएको छ। बाढीबाट घाइते
भएकाहरूको उद्धार गर्नुका साथै फेला परेका शवलाई संकलन गर्ने काम पनि भइरहेको छ।
- न्युज बहार संवाददाता