भदौ १०, काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान
गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले बाढीबाट प्रभावित परिवारलाई
सरकार एक्लो नछाड्ने भन्दै धैर्य गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीबाट भएको ठूलो मानवीय
तथा भौतिक क्षतिले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका हुन्। उनले यस्तो विपद्को
घडीमा पीडित परिवार र प्रभावित नागरिकसँग सरकार साथमा रहेको उल्लेख गरेका छन्।
बाढीका कारण भएको जनधनको क्षतिले देश नै स्तब्ध भएको भन्दै शाहले मृतकप्रति
श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, विपद्बाट प्रभावित
नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।
प्रधानमन्त्री शाहले दुःखको यस कठिन समयमा प्रभावित परिवारलाई धैर्य र हिम्मत
राख्न आग्रह गर्दै सरकारबाट आवश्यक सहयोग र सहजीकरण निरन्तर रहने विश्वास दिलाएका
छन्।
- न्युज बहार संवाददाता