Breaking News
सकियो ‘छक्कापञ्जा ५’को छायाङ्कन    ||     दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या बढ्दै    ||     ५९.६८ अंकले बढेको बजारमा लगानीकर्ताहरुको आकर्षण वाणिज्य बैंकतर्फ    ||     नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||    

पोखरा जाहाज दुर्घटना, फ्लाइट डाटा रेकर्डमा भेटिएको तथ्य सार्वजनिक ।

बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको ।

  •   १ वर्ष अघि | २३ माघ २०७९, सोमवार

माघ २३, काठमाडौँ । माघ १ गते मागे सङ्क्रान्तिको दिन पोखरामा जाहाज दुर्घटना भएको आज २३ दिन भएको छ । आज यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको को फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको छ ।

आयोगले दिएको जानकारी अनुसार अनुसन्धान गर्दा जाहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको कारणले गर्दा दुर्घटना  भएको बताएको छ ।

एक प्राविधिकका अनुसार माथी बताएको जस्तो अवस्थामा जहाजमा अचानक अत्यधिक घर्षण उत्पन्न हुन्छ, जहाजलाई अगाडि लैजाने सामार्थ्य इन्जिनमा हुँदैन जहाज आकाशबाट सिधै कुनै गह्रौं वस्तु खसे जसरी छिटोछिटो भुइँमा खस्ने गर्छ यसरी नै उक्त जहाज दुर्घटनामा परेको आयोगले जानकारी दिएको छ। यो जहाज दुर्घटनामा जहाजमा सवार ७२ जनाको नै ज्यान गएको थियो ।

आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताए अनुसार उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे आयोगले प्राविधिक र मानवीय दुवै पक्षको थप अनुसन्धान गरिरहेको छ ।  

  • bahar@gmail.com

थप