Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह

  •   ४ हप्ता अघि | ११ भदौ २०८३, बिहिबार

भदौ ११, काठमाडौँ । प्रधानमन्त्री बालेन शाह बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न आज बिहान नुवाकोटको विदुर पुगेका छन्। प्रभावित क्षेत्रमा भएको क्षति र स्थानीय अवस्थाबारे प्रत्यक्ष जानकारी लिन उनी स्थलगत निरीक्षणका लागि त्यसतर्फ गएका हुन्।

प्रधानमन्त्री शाहसँग पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन्। दुवै जना आज बिहान करिब साढे ९ बजे सडकमार्गबाट नुवाकोटतर्फ प्रस्थान गरेका थिए। विदुर बाढीबाट प्रभावित प्रमुख क्षेत्रमध्ये एक हो।

यसअघि बुधबार रसुवाको भोटेकोशी नदीमा आएको शक्तिशाली बाढीका कारण नदी आसपासका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएको थियो। बाढीको प्रभाव र क्षतिको अवस्था बुझ्न सरकारी टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिरहेको छ।

  • न्युज बहार संवाददाता

थप