साउन २८, काठमाडौँ । युवाको सामजिक समुह दारी ग्याङले पत्रकार सविन घिमिरेलाई सम्मान गरेको छ ।
लाल बहादुर बिकको मुद्दामा सात महिना देखी निरन्तर र अटुट रुपमा लागि परेका पत्रकार सबिन घिमिरेको कामको स्वागत तथा कदर गर्दै दारी ग्याङले उनलाई प्रशंसा पत्र प्रदान गरेको हो ।
साउन २७ गते शनिबारको दिन भएको दारी ग्याङको मासिक भेलाका अबसरमा ग्याङका केन्द्रिय अध्यक्ष दिपेश सिग्देलले पत्रकार घिमिरेलाई प्रशंसा पत्र प्रदान गरेका हुन ।
यस कार्यक्रममा बिना कसुर सजाँय भोग्नु परेका पिडित लाल बहादुर बिकको पनि उपस्थिती रहेको थियो । बिकले दारी ग्याङबाट पाएको साथ सहयोगको लागी ग्याङका सबै सदस्यहरुलाई धन्यबाद दिएका थिए ।
यस कार्यक्रममा पत्रकार सबिन घिमिरेले लालबहादुर बिकको मुद्दाको सुरुवात देखी पछील्लो दिनसम्मको घटनाक्रमहरु र यसमा दारी ग्याङको भुमिकाबारे जानकरी प्रस्तुत गरेका थिए ।
यसका साथै दारी ग्याङका सदस्य महेश्वर घिमिरेले दारी ग्याङबाट हुन लागेको नयाँ अभियान बारे जानकारी प्रस्तुत गर्दै सो अभियानको लोगो लालबहादुर बिकको हातबाट सार्वजनिक गराएका थिए ।
- न्युज बहार संवाददाता