Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पुर्ण बिक्रम शाह (पल शाह) लाई १५ दिन भित्र उपस्थित गराउन पोखरा उच्च अदालतको आदेश ।

पल शाहलाई जिल्ला अदालत तनहुँले भने सफाइ दिएको थियो ।

  •   ३ वर्ष अघि | २३ माघ २०७९, सोमवार

माघ २३, काठमाडौँ । पोखरा उच्च अदालतले अभिनेता पल शाह (पुर्ण बिक्रम शाह)लाई १५ दिन भित्र उपस्थित गराउन आदेश दिएको छ । बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको हो शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको छ। अभिनेता अहिले नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका छन । 

जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुराचार मुद्दामा पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसलाको विरुद्ध दिएको पुनरावेदनमाथि छलफल गर्दै सोमबार उच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । 

पल शाहलाई जिल्ला अदालत तनहुँले भने सफाइ दिएको थियो ।

पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले अब पल शाहलाई १५ दिनभित्र उच्च अदालत पोखरामा उपस्थित गराउनुपर्नेछ । 

थप