Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

निशा अधिकारीद्वारा आफूलाई गाली गर्ने व्यक्तिहरूका स्क्रिनसट सार्वजनिक

  •   ५ महिना अघि | २० फाल्गुन २०८२, बुधबार

फागुन २०, काठमाडौँ । अभिनेत्री तथा राजनीतिमा सक्रिय निशा अधिकारी ले सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेको अपमानजनक टिप्पणी र दुव्र्यवहारप्रति आपत्ति जनाएकी छन् । उनी गतिशील लोकतान्त्रिक पार्टी का तर्फबाट काठमाडौँ५ क्षेत्रमा उम्मेदवार बनेकी छन् ।

उम्मेदवारी दर्ता गरेपछि आफूलाई लक्षित गर्दै व्यक्तिगत टिप्पणी र आक्रमण बढेको उल्लेख गर्दै उनले सीमा ननाघ्न चेतावनी दिएकी छन् । यसअघि पनि विभिन्न सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले यस्ता व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै आएकी थिइन् ।

बुधबार बिहान उनले सामाजिक सञ्जालमै आफूलाई गाली गर्ने केही व्यक्तिहरूका स्क्रिनसट सार्वजनिक गरिन् । उक्त पोस्टमा उनले यसपटक नाम नलुकाएको बताउँदै, कहिलेकाहीँ घृणा गुमनाम रूपमा होइन, खुला रूपमा सामान्य बनाइँदै फैलिने गरेको उल्लेख गरेकी छन् ।

  • न्युज बहार संवाददाता

थप