असोज २५, काठमाडौँ । दसैँमा नेपाली फिल्मले खासै सफलता नपाए पनि तिहारमा बक्स अफिस राम्रो चल्ने फिल्मकर्मीहरूको आशा छ। तिहारको अवसरमा तीन नयाँ नेपाली फिल्म रिलिज हुने भएका छन्—‘सोल्टिनी’, ‘मैझारो’ र ‘वरिष्ठ बलराम’ ।
यीमध्ये ‘सोल्टिनी’ र
‘वरिष्ठ बलराम’ भाइटीकाको दिन, कात्तिक ६ गते एकैदिन रिलिज हुँदै छन्, भने ‘मैझारो’ त्यसको भोलिपल्ट प्रदर्शनमा आउनेछ। फरक
शैली र कलाकार भएका यी फिल्महरूले दर्शकलाई विभिन्न स्वाद दिन सक्ने अपेक्षा
गरिएको छ।
- न्युज बहार संवाददाता