कार्तिक १०, काठमाडौँ । आगामी कात्तिक २१ गते रिलिज हुने नेपाली चलचित्र ‘जारी : २ – सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर सोमबार सार्वजनिक गरिएको ट्रेलरले श्रीमान्–श्रीमतीबीचको विवादले उत्पन्न हुने पारिवारिक जटिलतामाथि केन्द्रित कथा प्रस्तुत गर्छ।
ट्रेलरमा लिम्बू समुदायको सांस्कृतिक
प्रतीक च्याब्रुङको महत्त्वलाई पनि
समेटिएको छ। उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ
राई, मिरुना
मगर र विजय बराल मुख्य भूमिकामा छन्।
चलचित्रको निर्माण रामबाबु गुरुङ, मधु
मिजार र जीवन गुरुङले गरेका हुन्। साथै, यसमा बुद्धि
तामाङ,
ऋचा शर्मा, पुष्कर
गुरुङ,
प्रेम सुब्बा, माओत्से
गुरुङ,
मानहाङ लावती, विष्णु
मोक्तान,
कमलमणि नेपाल, अनिल
सुब्बा,
रेखा लिम्बु, बेदना
राई र सिर्जना निङ्लेखुको समेत अभिनय
रहेको छ।
- न्युज बहार संवाददाता