असोज २८, काठमाडौँ । विल्सन विक्रम राई (तक्मेबुढा)को लेखन र निर्देशनमा तयार भएको चलचित्र ‘मैझारो’को ट्रेलर सार्वजनिक गरिएको छ।
मंगलबार सार्वजनिक गरिएको तीन मिनेट ४९
सेकेन्डको ट्रेलरमा प्रेममा परेको एक पात्रले गरेको संघर्ष र त्यसपछिका जटिलताहरू
देखाइएको छ। ट्रेलरमा धीरज मगर, मिरुना मगर, दिया पुन, दयाहाङ
राई लगायतका प्रमुख कलाकारहरूको अभिनय देख्न सकिन्छ। निर्देशक विल्सन राई पनि
ट्रेलरमा देखिएका छन्।
राईकै कथामा आधारित
यो फिल्म पूर्वी नेपाल, विशेषगरी इलाम र
पाँचथर क्षेत्रमा छायांकन गरिएको हो। तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको
चलचित्रमा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बूजस्ता
कलाकारहरूको पनि अभिनय रहेको छ।
- न्युज बहार संवाददाता