Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

प्रेमप्रसाद आचार्य घटनामा जोडिएकाहरुसँग प्रहरीले लियो बयान ।

आरोपीहरूले बयानमा भनेका कुरा र तथ्यहरूबारे प्रहरीले विश्लेषण गरिरहेको छ ।

  •   ३ वर्ष अघि | २३ माघ २०७९, सोमवार

माघ २३, काठमाडौँ । आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको घटनामा जोडिएकाहरूसँग प्रहरीले बयान लिएर सकेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए अनुसार मृतकले उठाएको विषयसँग सबन्धितहरुसँग बयान लिने काम सकिएको

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानको क्रममा क्याथफोर्ड कलेजका सञ्चालक सुमन कटुवालसहित १२ जना व्यक्ति र संस्थाका प्रतिनिधिहरूसँग बयान लिएको थियो । ललितपुरको बालकुमारीमा सञ्चालित क्याथफोर्ड कलेजले १ लाख ७५ हजार नदिएको आचार्यले सामाजिक सञ्जाल मार्फत आरोप लगाएका थिए

त्यसैगरी ७ लाखको समान अर्डर गरेर बिग मार्टले थोरै रकम मात्र भुक्तानी गरेको आचार्यले आत्मदाह अघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा उल्लेख गरेका छन् । त्यस्तै उनले आत्मदाहा गर्नु अघी धेरै जना ठुला घरानाका व्यापारीहरुको नाम उल्लेख गरी सामाजिक सञ्जालमा राखेका छन । यस लिष्टमा पवन गोल्यान, थापाथलि स्थित सुजुकी शोरुम, शान इन्टरनेशनल, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ आदी नामहरु समावेश थियो ।

एसएसपी दानबहादुर कार्की भन्छन् सामान किनबेच भएको र आर्थिक कारोबारको अवस्था विश्लेषण गर्दैछौं, आरोपीहरूले बयानमा भनेका कुरा र तथ्यहरूबारे प्रहरीले विश्लेषण गरिरहेको छ, अनुसन्धान सकेर मुद्दाबारे सरकारी वकिल कार्यालयसँग राय लिन्छौँ 

थप