Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

विभिन्न प्रजातिका दुई लाख १० हजार बिरुवा उत्पादन

  •   १० महिना अघि | २५ असोज २०८२, शनिबार

असोज २५, झापा ।  झापा डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म दुई लाख १० हजार विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेको जनाएको छ। तीमध्ये एक लाख १० हजार ४७० बिरुवा वितरण गरिएको कार्यालयका सूचना अधिकारी अमृतकुमार लिम्बूले जानकारी दिए।

उनका अनुसार, वितरण गरिएका बिरुवामध्ये ६६ हजार २८२ वटा सामुदायिक वन उपभोक्ता समूहहरूलाई र ४४ हजार १८८ वटा व्यक्तिगत रूपमा व्यक्तिहरू तथा संघसंस्थाहरूलाई दिइएको हो।

यी बिरुवाबाट सामुदायिक वन क्षेत्रमा ४१.४२ हेक्टर र निजी तथा संस्थागत क्षेत्रमा २७.६१ हेक्टर जमिनमा वृक्षरोपण गरिएको लिम्बूले बताए।

कार्यालयले लटहर, अर्जुन, तेजपात, बाँस, आउटेंगा, कुसुम, विजयसाल, कदम, मलेसियन साल, टिक, खमारी, टाँकी, वीरेन्द्रफूल, गोल्डमोहर, अमला, बकाइनो, जामुन, बडहर, जाडुल, किम्बुल लगायतका जातका बिरुवा उत्पादन तथा वितरण गरेको छ।

  • न्युज बहार संवाददाता

थप