भदौ ११, काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकका
लागि नेपाली सेनाले राहत सामग्री ढुवानी सुरु गरेको छ। बाढीबाट गम्भीर रूपमा
प्रभावित टिमुरे क्षेत्रमा बिहीबार बिहानसम्म चार सटल सामग्री पुर्याइसकिएको
सेनाले जानकारी दिएको छ।
सैनिक
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आवश्यक राहत सामग्री बोकेका ११ वटा ट्रक
नुवाकोटको त्रिशूलीसम्म पठाइएको छ। त्रिशूलीमा संकलित सामग्रीलाई हेलिकप्टरको
माध्यमबाट रसुवाका प्रभावित क्षेत्रमा पुर्याउने तयारी गरिएको निर्देशनालयले
जनाएको छ।
बाढी
प्रभावित बस्तीमा तत्काल आवश्यक पर्ने राहत सामग्री उपलब्ध गराउन सेनाले स्थल तथा
हवाई माध्यमबाट ढुवानीको काम अघि बढाएको हो।
- न्युज बहार संवाददाता