माघ २३, काठमाडौँ । माघ १ गते मागे
सङ्क्रान्तिको दिन पोखरामा
जाहाज
दुर्घटना भएको आज २३ दिन भएको छ । आज यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको को फ्लाइट डाटा
रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको
छ ।
आयोगले दिएको जानकारी अनुसार अनुसन्धान गर्दा जाहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको कारणले गर्दा दुर्घटना भएको बताएको छ ।
एक प्राविधिकका अनुसार माथी बताएको जस्तो अवस्थामा जहाजमा अचानक अत्यधिक घर्षण उत्पन्न हुन्छ, जहाजलाई अगाडि लैजाने सामार्थ्य इन्जिनमा हुँदैन र जहाज आकाशबाट सिधै कुनै गह्रौं वस्तु खसे जसरी छिटोछिटो भुइँमा खस्ने गर्छ यसरी नै उक्त जहाज दुर्घटनामा परेको आयोगले जानकारी दिएको छ। यो जहाज दुर्घटनामा जहाजमा सवार ७२ जनाको नै ज्यान गएको थियो ।
आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताए अनुसार उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे आयोगले प्राविधिक र मानवीय दुवै पक्षको थप अनुसन्धान गरिरहेको छ ।
- bahar@gmail.com