Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एसिया कप टी-२० क्रिकेटमा पाकिस्तानले खेल बहिष्कार गर्ने चेतावनी दिएपछि माहोल अन्योलपूर्ण

  •   १० महिना अघि | २ असोज २०८२, बिहिबार

असोज २, काठमाडौँ । यूएईमा भइरहेको एसिया कप टी-२० क्रिकेट प्रतियोगिताको समूह बाट भारत र पाकिस्तानले सुपर-४ चरणमा स्थान सुरक्षित गरेका छन्।

बुधबार पाकिस्तानले यूएईलाई ४१ रनले हराउँदै सुपर-४ मा प्रवेश गरेको हो।

तर, खेलअघि पाकिस्तानले खेल बहिष्कार गर्ने चेतावनी दिएपछि माहोल अन्योलपूर्ण बनेको थियो। अन्ततः पाकिस्तानले खेल्ने निर्णय गरे पनि उनीहरू साढे ४ बजे दुबई रंगशालामा जानुपर्ने समयमा होटलबाट ननिस्किएपछि खेलको भविष्यमा शंका देखा परेको थियो।

यूएईका खेलाडीहरू भने निर्धारित समयमा नै रंगशालामा पुगेका थिए। पाकिस्तानले खेल बहिष्कार गर्ने सम्भावना देखिएपछि यूएई टोली पनि अन्योलमा परे।

यसबीच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वी, जो एसियाली क्रिकेट परिषद्का पनि अध्यक्ष हुन्, दुई पूर्व अध्यक्ष रमिज राजा र नजम सेठीसँग पाकिस्तानमा बैठकमा व्यस्त थिए।

खेल सुरु एक घण्टा ढिला हुने घोषणा गरिएको थियो, जसअनुसार टस साँझ ७ बजे र खेल ७:३० बजे सुरु हुने तालिका बनाइएको थियो।

विवादको मुख्य कारण जिम्बाव्वेका म्याच रेफ्री एन्डी पाइक्रफ्ट थिए। भारतसँगको गत आइतबारको खेलमा उनले पाकिस्तानी कप्तान सलमान आलीसँग हात नमिलाउने निर्देशन दिएपछि विवाद बढेको थियो।

पाकिस्तानले कारबाही नहुँदासम्म यूएईविरुद्ध नखेल्ने निर्णय लिएको थियो। तर विवादित रेफ्री पाइक्रफ्ट ५ बजे रंगशालामा उपस्थित थिए। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उनलाई हटाउन खोजेको भए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) तयार थिएन।

थप