Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बढ्यो सुनको भाउ, निरन्तर नयाँ रेकर्ड

  •   ६ महिना अघि | १४ माघ २०८२, मङ्लबार

माघ १३, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्ला चार दिनदेखि दुबै धातुको मूल्य लगातार बढ्दै नयाँनयाँ रेकर्ड बनाइरहेको छ।

आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो, जुन मूल्यलाई उछिन्दै आज सुनले नयाँ उचाइ छोएको हो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज नयाँ रेकर्डमा पुगेको छ। आज चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो। यसरी, आज चाँदीले पनि अघिल्लो दिनको रेकर्ड तोड्दै ऐतिहासिक उचाइ बनाएको छ।

  • न्युज बहार संवाददाता

थप