माघ १४, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेखनीय रूपमा वृद्धि हुँदै फेरि नयाँ ऐतिहासिक उचाइमा पुगेको छ। पछिल्ला पाँच दिनदेखि दुबै धातुको मूल्य लगातार बढ्दै नयाँ–नयाँ कीर्तिमान कायम गरिरहेको छ।
आज सुनको मूल्य प्रतितोला ९ हजार ५००
रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड
बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख
१८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३००
रुपैयाँमा कारोबार भएको थियो, जुन मूल्यलाई उछिन्दै
आज सुनले नयाँ उचाइ छोएको हो।
त्यसैगरी, चाँदीको मूल्य पनि आज उल्लेखनीय रूपमा
बढेको छ। आज चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। मंगलबार चाँदी
प्रतितोला ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो। यसरी, चाँदीले पनि अघिल्लो रेकर्डलाई तोड्दै
आज नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ।
- न्युज बहार संवाददाता