माघ १९, काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको मूल्यमा गिरावट
आएको छ। पछिल्ला केही दिनदेखि ओरालो लागेको सुनको भाउ सोमबारसम्म आइपुग्दा निरन्तर
घट्दो क्रममा देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबारदेखि सुरु भएको गिरावटले
सोमबारसम्म निरन्तरता पाएको हो। शुक्रबार प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको
सुन आइतबार थप १८ हजार ८ सय रुपैयाँ र सोमबार १३ हजार ४ सय रुपैयाँले घट्दा तीन
दिनको अवधिमा प्रतितोला कुल ५२ हजार ७ सय रुपैयाँले घटेको छ।
आइतबार प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ८६ हजार
६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि उल्लेखनीय गिरावट आएको छ। आइतबार प्रतितोला ५ हजार
५ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ५ हजार २ सय रुपैयाँमा झरेको छ। यो
मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय ५ रुपैयाँ कम हो।
- न्युज बहार संवाददाता