Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी रामनवमी पर्व मनाइदै

  •   १ वर्ष अघि | २४ चैत्र २०८१, आइतवार

चैत २४, काठमाडौँ । आज चैत्र शुक्ल नवमी अर्थात रामनवमी पर्व भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । 

अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म त्रेतायुगमा चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार भगवान रामचन्द्रको जन्म कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । 

राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । यस दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा श्रीप्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

आज काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिर लगायत अन्य शक्तिपिठहरुमा भक्तजनको चहलपहल धेरै देखिएको छ । 

  • न्युज बहार संवाददाता

थप