Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

तिजका दिन भक्तजनको भीडलाई सहज बनाउन यी क्षेत्रमा सवारी निषेध

  •   ११ महिना अघि | ८ भदौ २०८२, आइतवार

भदौ ८, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तिज पर्वमा भक्तजनको भीडलाई सहज बनाउन विशेष ट्राफिक तथा पार्किङ व्यवस्थाको प्रवर्धन गरेको छ ।  

कोषले आइतबार पत्रकार सम्मेलनमार्फत यस बारे जानकारी गराएका हो । कोषका अनुसार मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्ण रूपमा सवारी निषेधित क्षेत्र बनाइएको छ । 

महास्नानघर पश्चिम, उमाकुण्ड, वनकाली क्षेत्र, दक्षिणामूर्ति, भुवनेश्वरीगौशालाको दर्शन मार्गमा कुनै पनि साधारण सवारी प्रवेश गर्न नपाउने व्यवस्था गरिएको सर्वोच्च अदालतको २०८० माघ ७ गतेको फैसलाले जनाएको छ ।

कोषका अनुसार दमकल, एम्बुलेन्स र घाटसम्म पुग्ने शव वाहनलाई भने छुट दिइने छ । कोषले अदालतको आदेश कार्यान्वयनमा सबै पक्षलाई सहयोग गर्न अपिल गरेको छ ।

तिजको दिनको लागि पार्किङका व्यवस्था :

सिफल चौरको खाली स्थान भक्तजनका सवारी साधन

तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र भक्तजनका सवारी साधन

गुह्येश्वरी पारीका खाली स्थान भक्तजनका सवारी साधन

भण्डारखाल पूर्व पार्किङ क्षेत्र सरकारी संस्थान र विशिष्ट व्यक्तिका सवारी साधन मात्र

पशुपति क्षेत्र विकास कोष कार्यालय परिसर र अमालकोट कचहरी परिसर कोषका आफ्ना सवारी साधन तथा पर्वसँग सम्बन्धित निकायका सवारी साधन

  • न्युज बहार संवाददाता

थप