Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

राष्ट्र प्रमुखहरूको उपस्थिति, बढ्यो लड्केश्वर धामको गरिमा

  •   १ वर्ष अघि | ३ जेष्ठ २०८२, शुक्रबार

जेठ २, काभ्रे । कालाग्निरुद्र पीठ लड्केश्वर धाममा २०८० सालमा सम्पन्न भएको राष्ट्रिय कोटिहोममा नेपालका वर्तमान तथा पूर्व राष्ट्र प्रमुखहरूको ऐतिहासिक सहभागिताले यस धार्मिक आयोजनाको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पूजामा सहभागी भएका थिए । राजनीतिक विचारधाराको हिसाबले फरक भूमिकामा रहेका यी व्यक्तित्वहरू एउटै पूजास्थलमा, एउटै संकल्पमा सहभागी हुनु लड्केश्वर धामको विशेष मान्यताको परिचायक बनेको आयोजकहरूले बताएका छन् ।

यो सहभागिताले धार्मिक एकताको सन्देश दिएको मात्र होइन, जनआस्था, संस्कृति र सनातन परम्पराप्रति राज्यका उच्च तहबाट देखिएको श्रद्धा पनि उजागर गरेको छ । कोटिहोम संयोजक मुकुन्द शर्मा भन्छन्, “धर्म राजनीतिक विभाजनभन्दा माथि छ भन्ने उदाहरण यस पूजाले स्थापित गर्‍यो ।

  • न्युज बहार संवाददाता

थप