मंसिर
११, काठमाडौँ । फिल्म ‘फर्की
फर्की’को
छायाङ्कन सुरु भएको छ। पोखराको लेकसाइटबाट रोहित अधिकारीको निर्माणमा बन्न लागेको यस
फिल्मको छायाङ्कन आज सोमबारबाट सुरु भएको हो । अभिनेता अनमोल केसीले फिल्मका लागि
पहिलो सट दिएको निर्माता अधिकारीले बताएका छन ।
फिल्मको
छायाङ्कन पोखरापछि काठमाडौँ, अन्नपूर्ण बेस क्याम्प र इन्डोनेसियाको बालीमा समेत हुनेछ । फिल्मको
शुभ–मुहूर्त गत
शुक्रबार ललितपुरको बंगलामुखी मन्दिरमा पूजा गर्दै गरिएको थियो।
फिल्ममा सुयोग
गुरुङको निर्देशन रहने छ भने अनमोलको अलवा
माओत्से गुरुङ, जसिता
गुरुङ, नव–कलाकारद्वय रवि काफ्ले, समृद्धि अर्याल, प्रेम पाण्डे लगायतको मुख्य अभिनय
रहनेछ ।
- न्युज बहार संवाददाता