Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘महाजात्रा’को अफिसियल ट्रेलर सार्वजनिक, अपराधको पैसाले विरोल्छ भन्ने सन्देश

  •   ३ वर्ष अघि | २० फाल्गुन २०८०, आइतवार

फागुन २०, काठमाडौँ । ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यस फिल्मको आइतबार काठमाडौँमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य तीन पात्र (विपिन कार्की, रविन्द्र झा  र रविन्द्र सिंह बानियाँ)ले एक गाडी पैसा लुकाउने जिम्मा पाएपछिको उनिहरुको जिवनमा आएको उतारचढावलाई देखाइएको छ।  ट्रेलरमा पूर्ण कमेडी देख्न सकिन्छ ।

यस फिल्मको अर्को मुख्य विशेषता भनेको कलाकार हरिवंश आचार्य रहेका छन । यस फिल्ममा उनी नकारात्मक चरित्रमा देखिएका छन । उनलाई ट्रेलरमा नेताको भूमिकामा देख्न सकिन्छ । ट्रेलरले अपराधको पैसाले विरोल्छ भन्ने सन्देश दिएको छ । फिल्मको ट्यागलाइनमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ भन्ने राखिएको छ ।

फिल्म ‘महाजात्रा’मा यी बाहेक वर्षा राउत, दिव्यदेव, राजाराम पौडेल, शिशिर वाङ्गदेल, अर्जुनजंग शाही, प्रकाश घिमिरे लगायतको अभिनय देख्न सकिन्छ । यो फिल्म आगामी चैत ९ गतेदेखि प्रदर्शन आउने छ । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् ।

  • न्युज बहार संवाददाता

थप