Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस वर्षको कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एक्लो’

  •   १ वर्ष अघि | २८ बैशाख २०८२, आइतवार

वैशाख २८, काठमाडौँ । मंगलबारदेखि विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औँ संस्करण सुरु हुँदैछ । १३ देखि २४ मे सम्म फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा महोत्सव आयोजना हुनेछ ।

नेपालबाट यस वर्षको कान्समा फिल्म ‘एक्लो’ पुगेको छ । नेपाली फिल्म ‘एक्लो’ कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा सहभागी हुँदैछ ।

मे १३ देखि २१ सम्म हुने कान्स मार्केटमा ‘एक्लो’ का निर्माताहरू संगीता श्रेष्ठ, रितेश राना, राजु गुरुङ, भाइराजा थापा, उत्सव विष्ट कान्स मार्केटमा सहभागी हुनेछन् ।

कान्स मार्केटमा निर्माताले महँगो पैसा तिरेरै स्टल राख्दैछन् । सम्भवतः पहिलोपटक ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबिच ‘पिचिङ’ गर्न लागेको हो ।

  • न्युज बहार संवाददाता

थप