जेठ ८, काठमाडौँ
। ‘फिल्मको
रचनात्मक सहर’को नयाँ
सदस्य काठमाडौँ महानगरपालिकालाई राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन
(युनेस्को)ले प्रमाणपत्र प्रदान गरेको छ ।
युनेस्को
नेपालका प्रमुख माइकल क्रफ्टले काठमाडौँमा आयोजित समारोहमा महानगर उपप्रमुख सुनिता
डंगोललाई क्रिएटिभ सदस्यताको सर्टिफिकेट प्रदान गरेका हुन । सोही अवसरमा क्रिएटिभ
सहरको लोगो पनि सार्वजनिक गरिएको छ ।
युनेस्को
प्रमुख क्रफ्टले सर्टिफिकेट प्रदान गर्दै काठमाडौँमा फिल्मको सम्भावना उज्वल रहेको
बताएका छन । उनले धेरै लगानीकर्ताको ध्यान ऊर्जाजस्ता क्षेत्रमा रहेपनि फिल्मजस्ता
सफ्टपावरमा पनि विकास जरुरी रहेको बताएका हुन ।
- न्युज बहार संवाददाता