Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘जाने भए जाम माया’ले रच्यो नयाँ किर्तिमान

  •   १ वर्ष अघि | २६ असार २०८२, बिहिबार

असार २६, काठमाडौँ । सिसन बानियाँ र दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाएको छ । यो गितले अहिले विश्वभर युट्युब भ्यूजमा उछाल ल्याइरहेको छ ।

नेपाल तर्फ यो गितले २० घण्टामै १६ लाख ३६ हजार भ्यूज ल्याएर युट्युबमा चौबिस घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको कीर्तिमान रचिसकेको छ ।

यस्तोमा, यो गीतले विहिबार युट्युबमा अर्को नयाँ कीर्तिमान रचेको छ । अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने यो गीत पहिलो नेपाली गीत बनेको छ । ‘संयुक्त राज्य अमेरिका’को ट्रेन्डिङमा यसअघि कुनै पनि नेपाली गीत आउन सकेका थिएनन् । अमेरिकामा यो गीत संगीत खण्डतर्फ होइन, रियल टाइम ट्रेन्डिङमा युट्युब ट्रेन्डिङको १३ औं स्थानमा छ ।

नेपालतर्फ यो गित अहिले युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ । यो समाचार तयार पार्दा सम्म यो गितले २,०५४,००७ भ्युज पाएको छ ।

  • न्युज बहार संवाददाता

थप