Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘एक्टरः टेक वन’ ले सुरु गर्यो आफ्नो आधिकारिक प्रचार, तिन पोस्टर सार्वजनिक

  •   २ वर्ष अघि | ७ असोज २०८१, सोमवार

असोज ७, काठमाडौँ । आगामी तिहारको लक्ष्मी पूजा अर्थात कार्तिक १५ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘एक्टरः टेक वन’ ले आफ्नो आधिकारिक प्रचार सुरु गरेको छ । फिल्मले एकसाथ तीन नयाँ पोस्टरहरू सार्वजनिक गर्दै यसबारे  जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा फिल्ममा मुख्य कलाकार प्रदीप खड्का, दिव्या रायमाझी र आना शर्मालाई समावेश गरिएको छ । सार्वजनिक पोस्टरबाट फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको अनुमान सजिलै लगाउन सकिन्छ । यस फिल्मको निर्देशन राजन भुसालले गरेका हुन भने फिल्ममा प्रदीप, आना र दिव्याका साथै राजबल्लभ कोइराला, उषा रजक, दिव्य देव र सुशील सिटौलालगायतको अभिनय रहेको छ ।

  • न्युज बहार संवाददाता

थप