जेठ ३, काठमाडौँ । आज विश्व उच्च रक्तचाप दिवस स्वास्थ क्षेत्र र अन्य सबै क्षेत्रमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्व उच्च रक्तचाप दिवस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले उच्च रक्तचापको विषयमा विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् ।
हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइने गरिन्छ । यो दिवस सन् २००५ देखि मनाउन सुरु गरिएको हो । प्याकेटका खानेकुरा, बदलिँदो र व्यस्त जीवनशैली, सम्पत्ति र प्रगतिको प्रतिस्पर्धा र प्रशोधित पदार्थहरुले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने विषय बनेको अवस्थामा पुगेको देखाएको छ ।
उक्त सर्वेले २५ प्रतिशत नेपाली वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ भने सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो रहेको छ ।
- न्युज बहार संवाददाता