असोज १६, काठमाडौँ । आज बिहीबार विजया दशमी, दुर्गा पक्षको सबैभन्दा मुख्य दिन हो।
यस दिन नवदुर्गाको प्रसादस्वरूप शुभ
साइतमा मान्यजनको हातबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ। नवमीसम्म
दसैं घर वा पूजा कोठामा गरिएको पूजाको प्रसाद आजको दिन टीका लगाएर ग्रहण गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका
अनुसार, यस वर्षको टीका
लगाउने उत्तम साइत बिहान ११:५३ बजे रहेको छ। यद्यपि, विजया
दशमी स्वयं शुभ दिन भएकाले सबैले साइत हेर्नैपर्ने आवश्यकता नपर्ने जनविश्वास छ।
देवी विसर्जनको साइत भने बिहान ९:२३ बजे
रहेको थियो। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालले टीका लगाउँदा पूर्वतर्फ फर्कनुपर्ने
परम्परा रहेको जनाएका छन।
- न्युज बहार संवाददाता