Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज बिहानदेखी आकाशमा बादल, दैनिक जनजीवन प्रभावित

  •   ६ महिना अघि | १५ माघ २०८२, बुधबार

माग १४, काठमाडौँ । आज  बुधबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा बाक्लो कुहिरो र बादल लागेपछि दैनिक जनजीवन प्रभावित भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको असरले मौसम धुम्मिएसँगै सडक यातायात, हवाई सेवा तथा स्थानीय बासिन्दाको दैनिकीमा उल्लेखनीय असर परेको हो।

काठमाडौंमा बिहानैदेखि दृश्यता निकै कम हुँदा सडकमा आवतजावत गर्न कठिन भएको छ, जसका कारण दुर्घटनाको जोखिम बढेको छ। यही कारण धेरै मानिस बिहानको समयमा घरबाहिर निस्कन हिच्किचाएका छन्। हवाई यात्रुहरू सबैभन्दा बढी प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोका कारण अधिकांश उडान ढिलाइ भएका छन् भने केही उडानहरू रद्दसमेत गरिएको छ। आन्तरिक उडानहरू पनि प्रभावित हुँदा यात्रुहरू लामो समयसम्म विमानस्थलमा प्रतिक्षा गर्न बाध्य भएका छन्।

त्यसैगरी, पहाडी तथा हिमाली जिल्लाहरूमा परेको वर्षा र हिमपातले स्थानीय बासिन्दाको जनजीवन झनै कष्टकर बनेको छ। वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने उच्च भूभागमा हिमपातका कारण सडक अवरुद्ध हुने तथा दाउरा र घाँस संकलन गर्न जानेहरू प्रभावित भएका छन्।

  • न्युज बहार संवाददाता

थप