Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

के तपाईलाई थाहा छ दसैँमा खेलिने तास कहाँबाट आयात हुन्छ?

  •   १० महिना अघि | १५ असोज २०८२, बुधबार

असोज १५, काठमाडौँ । दसैँ नेपालीहरूको सबैभन्दा ठूलो चाड हो। यो पर्वमा परिवार, आफन्त, र पुराना साथीभाइ भेटघाट गर्ने, खानेपिउने मात्र होइन, सँगै बसेर तास खेल्ने चलन पनि पुरानो परम्परा हो। विशेषगरी टीका जमरा लगाइसकेपछि घरमा दाजुभाइ, साथीभाइ र नातेदारहरू जम्मा भई तास खेल्ने प्रचलन रहँदै आएको छ।

पुराना पुस्ताहरूका अनुसार, तास खेल्नाले आपसी सम्बन्ध थप प्रगाढ बनाउने र लामो समयपछि भेटिएका आफन्तबीच कुराकानी गर्ने अवसर मिल्ने विश्वास गरिन्छ। तर पछिल्लो समयमा भने तासलाई जुवा ठान्ने धारणा पनि बढ्दै गएको छ। आफन्तबीच रमाइलोका लागि सामान्य रूपमा खेलिने तास स्वीकार्य भए पनि ठूलो रकम राखेर हुने तास खेल भने नकारात्मक मानिन्छ।

प्रहरीले पनि ठूलो रकम संलग्न तास खेलमा निगरानी बढाएको छ र त्यस्ता खेल खेल्नेहरूलाई पक्राउ गरेर रकम जफत गर्ने गरेको छ।

दसैँतिहारमा खेलिने तास नेपालमा पर्याप्त उत्पादन नहुने भएकाले अधिकांश तास विदेशबाट आयात गरिन्छ। भन्सार विभागका अनुसार, २०८२ सालको साउन र भदौ महिनामा मात्रै विदेशबाट २९ लाख ३२ हजार ३५६ बट्टा तास आयात गरिएको छ। यसबाट नेपालबाट ९ करोड ९९ हजार रुपैयाँ विदेश गएको छ।

तास आयातमा चीनको हिस्सा सबैभन्दा बढी छ। साउन र भदौ महिनामा चीनबाट २८ लाख ७६ हजार ७९४ बट्टा तास आयात हुँदा नेपालबाट ८ करोड ३५ लाख २१ हजार रुपैयाँ चीन गएको छ। सोही अवधिमा सरकारले तास आयातमा ५ करोड १७ लाख ३५ हजार रुपैयाँ राजस्व उठाएको छ। चीनपछि सबैभन्दा धेरै तास भारतबाट आयात गरिएको छ। 

  • न्युज बहार संवाददाता

थप