माघ
२१, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका
क्रममा देखिएका समस्याबारे समाधान खोज्न सरोकारवाला निकायसँग छलफल गर्ने तयारी
गरेकी छन्।
प्रधानमन्त्री कार्कीको सचिवालयका
अनुसार यस विषयमा बुधबार सम्बन्धित पक्षहरूसँग बैठक आयोजना गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो १ बजे छलफल हुने जनाइएको छ।
पछिल्लो समय स्वास्थ्य बिमा बोर्डबाट
बिमाबापतको रकम समयमै प्राप्त नभएपछि देशका विभिन्न स्थानका अस्पतालहरूले सेवा
बन्द गर्ने निर्णय लिन थालेका छन्।
स्वास्थ्य सेवा
प्रदायक संस्थाहरूले लामो समयदेखि भुक्तानी नपाउँदा नियमित सेवा दिन कठिनाइ
भइरहेको गुनासो गर्दै आएका छन्।
- न्युज बहार संवाददाता