Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काभ्रेमा डेङ्गुको सङ्क्रमण रोक्न पूर्वतयारी सुरु।

  •   ३ वर्ष अघि | ५ साउन २०८०, शुक्रबार

साउन ५, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा डेङ्गुको उच्च जोखिमका रूपमा रहेको सङ्क्रमण रोक्न पूर्वतयारी सुरु गरिएको छ । यसका लागी ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ भन्ने अभियान जिल्ला स्वास्थ्य कार्यालयले चलाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले काभ्रेपलाञ्चोक डेङ्गुको उच्च जोखिममा रहेकाले नियन्त्रणका लागि पूर्वतयारीका साथ कार्ययोजना तयार पारिएको बताएका छन । पुर्व तयारी अन्तर्गत सवारीसाधन मर्मत गर्ने ठाउँ, लामखुट्टेले बसोबास गर्न सक्ने सम्भावित ठाउँ, पानी जम्ने ठाउँ, उद्योग, कलकारखानालगायत ठाउँमा नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन अभियान सञ्चालन गरिएको छ ।

काभ्रे जिल्लामा हालसम्म छ सय ८० जनामा डेङ्गु देखिएको छ भने सबैभन्दा बढी बनेपा नगरपालिकामा चार सय ८७ डेङ्गु सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

डेङ्गुबाट बच्न स्वास्थ्य कार्यालयले प्राविधिक र उपलब्ध आपूर्ति व्यवस्था मिलाउने, लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ राष्ट्रिय अभियान सञ्चालन गर्ने, स्थानीय तहका स्वास्थ्य शाखा, विद्यालय र स्थानीय स्वास्थ्य संस्थालाई डेङ्गुविरुद्धको प्रतिकार्य सञ्चालन गर्न आग्रह गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप