भदौ ६, काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा स्वास्थ्य सेवा विभाग उपचारात्मक महासाखाले राजधानीमा आयोजना गरेको टेलिमेडिसिन (दूर चिकित्सा सेवा) सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला समापनको अवसरमा बोल्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई अहिले सञ्चालनमा रहेको टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
भौगोलिक विकटता भएको देश नेपालका लागि टेलिमेडिसिन सेवा बरदान नै सावित भएको उनले बताएका छन । मन्त्री बस्नेतले टेलिमेडिसिन क्षेत्रमा अहिले देखिएका कमि कमजोरी हटाउनु पर्ने र थप आधुनिक प्रविधिको प्रयोग गरेर यसलाई द्रुत गतिमा अगाडि बढाउनु आवश्यक रहेकोमा जोड दिएका छन ।
- न्युज बहार संवाददाता