जेठ २, काठमाडौँ । अभिभावक बनेपछी बच्चा तथा बालबालिका स्वस्थ र निरोगी होस भन्ने चाहाना सबै आमा बाबुमा हुन्छ। आफ्नो बच्चाको बिकास राम्रो सँग होस भनेर हरेक आमा बाबुले आफ्नो जिम्मेवारी भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । हरेक स्वस्थ बच्चाको एक वर्षमा कम्तिमा २.५ इन्च उचाइ बढ्नु पर्ने हुन्छ । बच्चाको उचाई बढ्नमा हर्मोन, पोषण, ब्यायामका साथै स्वास्थ्यमा भर पर्छ त्यसका लागि हामिले बच्चाले खाने खानामा बिभिन्न पौष्टिक तत्व पाइने खानेकुराहरु खुवानुपर्ने हुन्छ ।
त्यस्ता पौष्टिक तत्व पाइने केही खानेकुराहरुको हामी याहाँ चर्चा गर्ने छौँ।
दूधजन्य पदार्थ - बच्चाको शारिरिक बिकास र उचाई बृद्धिका लागी दूधजन्य पदार्थ एकदमै महत्वपुर्न हुन्छ। जसमा प्रटिन तथा क्याल्शियम भरपुर मात्रामा हुन्छ । जसले बच्चाको मांशपेशी र हड्डी बलियो बनाउनुका साथै उचाइ बढ्नमा समेत मद्दत गर्छ ।
अण्डा - अण्डामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन बी, बी२, रिबोफ्लाबिन आदि जरुरी तत्व हुन्छ । यसको नियमित सेवनले बच्चाको उचाई बृद्धि गर्न र अन्य शारिरिक बिकासका लागी मद्दत गर्छ ।
गेडागुडी - शारीरिक वृद्धि विकासका लागि अर्को महत्वपूर्ण खानेकुरा गेडागुडी हो । यसमा प्रशस्त मात्रामा फाइबर र क्याल्सियम पाइने सबै किसिमको गेडागुडी मिसाएर त्यसको उचित प्रयोगले बच्चाहरुमा हाडजोर्नीको बिकास गर्न मद्धत गर्छ।
चिकन – चिकन अर्थात कुखुराको मासुमा भरपुर मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ पाइन्छ । यसले बच्चाको शरीरलाई बलियो बनाउन भने यसको नियमित सेवनले बच्चालाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ ।
केरा – फलफुल सबै नै बच्चाहरुको स्वास्थको लागी महत्वपुर्ण हुन्छ। त्यसमध्ये केरा बच्चाको शारिरिक बिकासको लागी अति उत्तम मानिन्छ। केरामा प्रशस्त मात्रामा फरक फरक भिटामिनहरु पाइन्छ, यसको नियमित सेवनले बालबालिकाहरुमा प्राकृतिक रुपमा उचाई बृद्धिमा सहयोग गर्न मद्दत गर्छ ।
- न्युज बहार संवाददाता