जेठ
२९, महोत्तरी । महोत्तरी जिल्ला जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका
स्रोत कम हुनथालेपछी ट्याङ्करबाट पानी वितरण गर्न सुरु गरेको छ।
केही समय
देखी यहाँका धारा, चापाकल र
अन्य पानीका स्रोतबाट पानी आउन छाडेकोले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी
वितरण भइरहेको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले जानकारी दिएका छन।
जलेश्वर
नगर क्षेत्रभित्र बाह्र वडा रहेका छन भने १२ हजार तीन सय ८० घरधुरी यस क्षेत्रमा
पर्दछन। प्रायः सबैजसो घरधुरीमा जडान गरिएको धारा र चापाकल सुकेर पानी आउन बन्द
भएको छ।
नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको हो। जलेश्वरमा यसअघि कहिले पनि पानीको अभाव नभएको मधेस प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले बताएका छन।
खानेपानीको अभाव हुन नदिन काम भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिएका छन।