जेठ ५, काठमाडौँ। हामीलाई थाहा नहुन सक्छ हाम्रो शरिरको यस्ता भाग जहाँ हामीले भुलेर पनि साबुनको प्रयोग गर्नु हुदैन। तर केही मानिसहरू नुहाउँदा वा अन्य समय शरीरको यस्तो भागमा साबुन प्रयोग गरेर गल्ती गरिरहेका हुन्छन् जसले गर्दा पछि ठूलो नोक्सान व्यहोर्नु पर्ने सम्भावना रहेको हुन्छ ।
आउनुहोस्, शरीरमा साबुन लगाउँदा अपनाउनु पर्ने सावधानीको बारेमा चर्चा गरौं ।
यदी हाम्रो शरिरको कुनै भागमा अन्य भन्दा बढी पसिना आउँने गर्दछ बभने गक्त ठाउँमा भुलेर पनि साबुनको प्रिग गर्नु हुदैँन
त्यस्तै हाम्रो शरिरको गोप्य अंगमा साबुन प्रयोग नगर्नु नै फाइदाजनक हुन्छ। त्यस्तै यदी तपाइँको शरीरको कुनै अंगमा चिलाउने समस्या छ भने पनि उक्त भागमा साबुनको प्रयोग गर्नुहुँदैन।
हाम्रो शरिरको अनुहारको भागमा पनि साबुन प्रयोग गर्नु राम्रो हुदैन अनुहारमा साबुन प्रयोग गर्दा सो भागको छाला सुख्खा हुन जान्छ र छाला फुस्रो हुने, फुट्ने, चाँया पर्ने आदि समस्या देखापर्छ।
कपाल झर्ने समस्या छ भने कपालमा पनि साबुनको प्रयोग गर्नु हुदैन यसले कपाल रुखो बनाई अझ कपाल झर्ने जस्ता समस्या निम्ताउन सक्छ।
- न्युज बहार संवाददाता