चैत
१७, काठमाडौँ ।आज गएको २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण देखिएको छ ।
एक
हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको स्वास्थ्य तथा
जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका
अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा
१४२ जनामा कोभिड–१९ संक्रमण
पाइएको हो ।
तीमध्ये
मन्त्रालयले आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि
भएको जनाएको छ ।
अहीले
सक्रिय संक्रमितको संख्या १६३ रहेको पनि मन्त्रालयले जनाएको छ ।
- न्युज बहार संवाददाता