साउन ३०, काठमाडौँ । काठमाडौँमा डेंगु संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । आज टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया डेंगु संक्रमित युवतीको मृत्यु भएको हो ।
डेंगु संक्रमण देखिएपछी उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । अस्पताल आउँदा नै उनको अवस्था जटिल भइसकेको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेले जनाएका छन ।
डेंगुबाट मृत्यु भएको यस वर्ष यो नै पहिलो केश भएको जनाइएको छ ।
- न्युज बहार संवाददाता