माघ
११, काठमाडौँ । आजभोलीका अधिकांश बालबालिकाहरु सानै उमेरदेखि धेरै मात्रामा मोबाइलफोन
खेल्ने मोबाइल फोनमा भिडियो हेर्ने फोटो हेर्ने जस्ता क्रियाकलापमा व्यस्त हुने
गरेका छन । बालबालिकालाई आज भोली मोबइल फोनको यस्तो बानी परेको हुन्छ कि उनिहरु
मोबाइल फोन बिना कुनै क्रियाकलाप नै नगर्ने भइसकेका छन ।
खाना
खाँदा, सुत्दा, घुम्न जाँदा, जुनसुकै
समयमा पनि फोनमै झुन्डिरहेका बालबालिकालाइ मोबाइल फोन बिना केही गराउन नसकिने
अवस्था सृजना हुन थालेको छ । बालबालीकाका लागि यस्तो बानी एकदमै खतरनाक हुन थालेको
छ । आज भोली मोबाइल फोनको अत्याधिक प्रयोगले बालबालिकामा धेरै प्रकारका समस्याहरु
देखिन थालेको छ । हामिले आफ्ना
बालबालिकालाई मोबाइल फोनको अत्याधिक प्रयोग
गर्ने बानीलाई परिवर्तन गर्न र त्यसको लतबाट बचाउन बेलैमा सोच्नु पर्ने भएको छ ।
मोबाइलको
लतबाट बालबालिकालाई समयमै बचाउँ नत्र बालबालिकामा यस्तो समस्या देखिन सक्छ ।
· मोबाइलको लत लागेको बालबालिकामा निन्द्रा ढिलो
लाग्ने, गहिरो निन्द्रा नलाग्ने र पटक पटक निन्द्राबाट व्युँझने हुन सक्छ ।
· मोबाइलको प्रयोगले बालबालिकाको मस्तिष्क बिकासमा
नै असर पर्न सक्छ ।
· मोबाइल देखाएर खाना खुवाउनाले बालबालिकालाई खानाको
स्वाद थाहा नहुने समस्या सृजना हुन सक्छ ।
· मोबाइल देखाएर खाना खुवाउनाले पाचन प्रणालीमा
नि समस्या आउन सक्छ ।
· मोबाइल फोनको प्रयोगले बालबालिकाको साधारण
स्वभावमा, र नियमित विकासमा नकारात्मक असर पर्ने सक्छ ।
यी
बाहेक अन्य धेरै समस्या हुन सक्छ त्यसैले बालबालिकालाई मोबाइल फोन प्रयोग गरेर
खुवाउने, निदाउने बानि नगरौँ त्यसको साटो उनिहरुलाई कुराकानी गरेर, कथा भनेर, डुलाएर,
गित गाएर तथा उनिहरुको हाउभाउमा प्रतिक्रिया जनाउँदै खाना खुवाउने र सुताउने
बानीको बिकास गरौँ, आफ्नो बालबालिका प्रति सचेत बनौँ ।
यसका
साथै बालबालिकाको अगाडी अभिभावकले अत्यात्धिक मोबाइल चलाउँदा पनि उनिहरुमा
मोबाइलको लत बस्न सक्छ त्यसैले बालबालिकाको अगाडी अभिभावकले पनि मोबाइल फोन प्रयोग
गर्न कम गरौँ ।
- सृजना प्याकुरेल