भदौ २, भरतपुर । अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) भरतपुर अस्पतालले निःशुल्क गरेको छ ।
अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो ।
एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले दिएका हुन ।
उनले क्रिटिकल केयर (एनआइसियु, पिआइसियु, सिसियु, आइसियु,) क्याबिन, पोष्टअपरेटिभ वार्ड, एचडियु, कार्डियाक, न्यूरोसर्जरी, स्पाइन र अर्थोपेडिक बार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताएको छ ।
हाल अस्पतालमा छ सय शय्या सञ्चालनमा छन् । अस्पतालमा ओपिडि
(बहिरङ्ग) सेवाको टिकट भने निःशुल्क छ ।
- न्युज बहार संवाददाता