माघ २९, काठमाडौँ । विवाह महिनालाई विशेष बनाउँदै यती एयरलाइन्सले 'यतीमा जन्ती' योजना सार्वजनिक गरेको छ।
जन्तीले
यती एयरलाइन्समार्फत् यात्रा गर्दा बेहुला–बेहुलीले हवाई टिकट निःशुल्क
प्राप्त गर्ने यस योजनाले जनाएको छ ।
एयरलाइन्सका
अनुसार यस योजनाले हवाई यात्रामार्फत् जन्ती जाने परम्परालाई प्रवर्द्धन गर्दै यात्रुलाई थप सुविधा दिने
उद्देश्य राखेको हो ।
यसका
साथै फागुन महिनाभर लागु हुने यो योजनामा जन्तीका प्रत्येक सदस्यले पाँच केजी थप ब्यागेज सुविधा समेत
पाउनेछन्।
- न्युज बहार संवाददाता