फागुन २०, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन आन्तरिक हवाई सेवा आवश्यकता अनुसार सञ्चालन गरिने जनाएको छ। देशभरका आन्तरिक उडानहरू माग र आवश्यकताका आधारमा गरिने प्राधिकरणले स्पष्ट पारेको छ।
अन्तर्राष्ट्रिय
उडानतर्फ भने मध्यपूर्वी मुलुकबाहेकका गन्तव्यहरूमा नियमित तालिकाअनुसार सेवा
सञ्चालन हुने जानकारी दिइएको छ। मध्यपूर्वतर्फका उडान भने सम्बन्धित देशको निर्णय
र सम्बन्धित विमानस्थलको अवस्थालाई हेरेर वायुसेवा कम्पनीहरूले परिमार्जित
तालिकाअनुसार सञ्चालन गर्ने प्राधिकरणले जनाएको छ।
- न्युज बहार संवाददाता