Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अक्टोबर महिनामा वर्षकै सबैभन्दा धेरै पर्यटकलाई गरियो स्वागत

  •   ९ महिना अघि | १८ कार्तिक २०८२, सोमवार

कात्तिक १७, काठमाडौँ । सन् २०२५ को अक्टोबर महिनामा नेपालले वर्षकै सबैभन्दा धेरै पर्यटक स्वागत गरेको छ। पर्यटन बोर्डका तथ्यांक अनुसार सो महिनामा १ लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल आएका थिए।

यसअघि मार्च महिनामा १ लाख २१ हजार र अप्रिलमा १ लाख १६ हजार पर्यटक आएका थिए। जेनजी आन्दोलनका बाबजुद पनि विदेशी आगन्तुकको संख्यामा कमी नआएको तथ्यांकले देखाउँछ।

भदौ २४ को घटनामा केही ठूला होटलमा आगजनी र तोडफोड भएपछि पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्ने धेरैको आशंका थियो। यस्ता घटनाले अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक धारणा बन्ने र पर्यटकले आफ्नो यात्रा रद्द गर्न सक्ने डर व्यक्त गरिएको थियो।

व्यवसायीहरूले सिजनको सुरुआतमा एक लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरेका थिए। अपेक्षित संख्या नपुगेपछि पर्यटनसँग सम्बन्धित सरोकारवाला पक्षहरू छलफलमा जुटेका थिए।

नेपाल सुरक्षित रहेको सन्देश विश्वभर पुर्‍याउन उनीहरूले विभिन्न प्रचारप्रसार अभियान सञ्चालन गरे। धेरै पर्यटन गन्तव्यका प्रतिनिधिहरूले सामाजिक सञ्जालमार्फत लाइभप्रसारण गर्दै नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्य भएको सन्देश दिएका थिए।

  • न्युज बहार संवाददाता

थप