चैत ५, काठमाडौँ । आजदेखि रेसुङ्गा विमानस्थलबाट सातामा तीन उडान
हुने भएको छ।
नेपाल
एयरलाइन्सले यसअघि बुधबार र शुक्रबार गरी दुई दिन मात्र उडान हुँदै आएको थियो । रेसुङ्गा
विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार आजबाट भने हरेक साता सोमबार पनि
सोही नेपाल एयरलाइन्सले उडान भर्न छ ।
यात्रुको
चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको रेसुङ्गा नगरपालिकाका
प्रमुख खिल्धवज पन्थीले बताएका छन ।
पन्थीका
अनुसार यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो, आगामी दिनमा
यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय पनि गरिनेछ
।
- न्युज बहार संवाददाता